सिरहाको गोलबजारमा इनारभित्र साहको शव फेला, परिवारजनले हत्या गरेको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग

Ad
  • कालोपाटी सम्बाददाता

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनि राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको शब फेला परेको प्रहरीले जनाएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्