दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा, इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपालका अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए ।

यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्