राजा वीरेन्द्रको शालीकमा माल्यार्पण गरि मनाईयो वीरेन्द्रको २१औं स्मृति सभा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शान्ति पे्रमी राजा वीरेन्द्र विरविक्रम शाहदेवको २१औं स्मृति सभा मनाईएको छ । स्व.राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकास पे्रमी राजा बीरेन्द्रको स्मरण गर्दै देशमा शान्ति र राजनीतिक स्थायित्वको कामना सहित जवलाखेल स्थित बीरेन्द्रको शालीकमा आज माल्यार्पण गरि स्मृति सभा मनाईएको हो ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न महत्वपुर्ण योगदान दिएका थिए त्यसैले वीरेन्द्र शान्तिवादी राजाको रुपमा परिचित छन् । उनले शान्ति र विकासको निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मुल्यांकन गरि देशमा शान्ति र अमन चयन राख्नु नै उनीप्रतिको सच्चा सम्मान हुनेछ भन्ने प्रतिष्ठानकोे ठहर छ । प्रतिष्ठानका सचिव रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासन खण्डमा शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत संग्रह, प्रजातन्त्र पुनर्वहाली जस्ता कार्यको संधै प्रसंसायोग्य भएको बताए । वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उनीप्रतिको सम्मान हुने उनले बताए ।

प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्व शान्तिका ज्योति भगवान बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासको लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताए । देशभक्ति र जनताप्रेमी राजा वीरेन्द्रको अभाव संधै खड्किरहेका बताए । उनले राजा वीरेन्द्रको शालिक, दरबार, धर्मशाला, साँस्कृतिक धरोहरलगायत सम्पुर्ण सम्पत्तिको रक्षा गर्नु राज्य एवं सरोकारवाला निकायको प्रमुख दायित्व भएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्