अझै किन सार्वजनिक भएन प्रधानमन्त्रीसँगै मन्त्रीहरूको सम्पत्ति विवरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । देउवा प्रधानमन्त्री बनेको एक वर्ष वित्न लाग्दा समेत पनि मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य नै राखिएको हो । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए ।

सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ । उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर सार्वजनिक गरिएको छैन ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका केही मन्त्रीहरूले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ०७४ मा गठन भएको सरकारका मन्त्रीको सम्पत्ति विवरण २ महिनामै सार्वजनिक गरिएको थियो । तर, त्यसपछि नियुक्त भएका मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्