शुक्रबार ३३ दशमलव ७६ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३३।७६ अंकले घटेर २०७८।७० बिन्दुमा पुगेको हो । शुक्रबार कुल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५ सय ०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ ।

शुक्रबार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड २३ लाख ५५ हजार ६ सय ८८ रुपैयाँरुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार पाचौँ दिन पनि घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्