महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता, राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिए ।

यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । यसैक्रममा मेयर शाहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन् । सिसडोलबासीको माग सम्बोधन गर्न साहले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि परामर्श गरिरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्