श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपिओ खुला, असर पर्नसक्ने स्थानीय बासिन्दाले भर्न पाउने

Ad
  • कालोपाटी सम्बाददाता

रामेछाप । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका १ र ३ का बासिन्दाका लागि निष्कासनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको छ ।

त्यस्तै रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गाको लिखु गाउँपालिका १, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ । बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्