एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् । ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको छ ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्