फर्पिङको जंगलमा युवक युवती मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२ र २३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन । घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्