सोमबार १२ दशमलव ९२ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १२।९२ अंकले घटेर २०६५।८२ बिन्दुमा पुगेको हो । आइतबार कुल २२८ कम्पनीको ४४ लाख ०९ हजार ६ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार माथिको सेयर कारोबार भएको छ ।

शुक्रबार सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार एसिया लाईफ इन्सुरेन्सको भएको छ । यस कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्