अवैद सुन सहित सात जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अवैद सुन सहित सात जना पक्राउ परेका छन् । जेठ २१ गते दिउँसो दुवईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जाहजमा केही  व्यक्तिहरुले भन्सार छली अवैध रुपमा सुन ल्याउदै छन् भन्ने गोप्य सुचानाको आधारमा उनिहरुलाई पक्राउ गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गरे । सर्ट–पाइन्टको भित्री भागमा सर्च गरे । उनीहरुले लगाएको कपडाको तौल सामान्य भन्दा गहकिलो थियो । त्यसपछि कपडा उधारे । कपडा उधारेर हेर्दा भित्र सुनको पेस्ट बनाएर लेपन गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । उनले भने– ‘सुन लिएर आउने दुईजनाको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा बारा घर भएकी २२ वर्षीया निर्मला घलान, धनुषा बडेश्वर–४ घर भएका ४१ वर्षीय बरुण भक्त माथेमा उर्फ राहुल, चिनियाँ नागरिक २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीको सुनवल–१० घर भएका ४२ वर्षीय युवराज भुषाल र भारतीय नागरिक ५१ वर्षीय अमन राजपुत छन् । सुन ल्याउनेहरूको बयानका आधारमा पक्राउ परेका ५ जना दुबईबाट पठाएको सुन रिसिभ गरेर काठमाडौंमा बेच्ने भूमिकामा देखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्