नेपालमा सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टी, ८ संक्रमित मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्