पार्टीकै केहि नेताहरुले आफ्नो बदनाम गर्न लागिपरेको मन्त्री आलेको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुलाई बद्नाम गर्न खाजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए । मन्त्री आलेले आफुलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरे । आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताए । उनले वतास समूहबिरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरे ।

मन्त्री ओलीले पशुपति क्षेत्रको बिकासका लागि त्यहा भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्