सप्तरीको रायपुरस्थित पाँच किलोमा माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन् । उनीहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्