‘स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको हो’ : माधव नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको बताएका छन् । बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान बिजयी गर्ने दावी गरे ।

स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी आगामी चुनाव र त्यस पछिसम्म लैजान चाहेको बताएका छन् । गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए । उनले गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयासहरु भएपनि आफुहरु कमजोरी सच्याउँदै तथ्य र तर्कमा अघि बढ्न सक्नुपर्ने बताए । पार्टीले अघि सारेको क्रान्तिकारी राजनीतिको बाटो इमानदारिता, समाजसेवा र समाज रुपान्तरणको बाटो भएकाले त्यसबाट विचलन नहुन विद्यार्थीहरुलाई निर्देशन पनि दिए ।

अध्यक्ष नेपालले आफुहरु पनि प्रतिगमनको मतियार भएको भए देशको विनाश हुनसक्ने भएकाले गठबन्धन बनाएर अघि बढ्नुपरेको बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अहिलेबाटै लाग्नुपर्ने भन्दै अहिलेसम्म आफ्नो पार्टीबाट मन्त्री बनेर राम्रो काम गरेकाहरूलाई धन्यवाद समेत दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्