शुक्रबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिदै, ४९ लाखलाई खोप दिने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय मगंलवार बसेको बैठकले शुक्रबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई बुस्टर डोज दिन निर्णय गरेको हो ।

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएसकेको छ । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । स्वास्थ्य मन्त्रालयका अनुसार असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ । देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्