आलु तथा मकैमा सेमिलोफर किराको समस्या, बोट मर्न थालेपछि किसानहरु चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पु¥याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् । ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेको  जानकारी दिए । उनले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने,झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पु¥याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए । जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् ।

बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौंलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पुयाएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्