‘मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण मल खोज्न किसानहरु भौतारिरहेका छन्’ : सांसद खतिवडा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले समयमै रासायनिक मल उपलब्ध गराउन सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले अर्कमण्यता देखाएको बताएका छन् । संसदमा एमालेले दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण किसानको बारीको मकै पहेलो भएको, चैते धानको उत्पादन घटेको र असारको धान लगाउने बेलामा पनि मल खोज्न किसानहरु भौतारिरहेको समेत उनले बताएका छन् । त्यस्तै उनले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रशन गरेका छन् । सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको बताएका छन्

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्