देश र प्रतिनिधि सभा चुनाव एकै चरणमा गर्न पक्षमा निर्वाचन आयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने गरी मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले कात्तिक ३० गते वा मंसिरको पहिलो साता निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्नका लागि आन्तरिक छलफल सुरु गरेको छ ।

सरकारसँगको छलफल अघि आयोगले आफ्नो तयारीका लागि छलफल गर्दा उक्त २ मितिको प्रारम्भिक खाका बनाएको हो । आयोगको केही दिन अघि बसेको पदाधिकारी बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल भएको एक आयुक्तले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्