मंगलबार देखि नानो युरिया मल बजारमा, एक लिटरको मुल्य ८ सय पर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले रासायनिक मलको विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । आजदेखि बजारमा नानो युरिया मल बजारमा उपलब्ध हुने भएको छ । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।

एक लिटर मलको मूल्य ८ सय रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान परिषदले अनुसन्धान गरेर सिफारिस गरेपछि वैज्ञानिकहरुका सुझावका आधारमा भारत सरकारसँग पत्राचार गरी उक्त मल भित्र्याइएको उनले बताए । भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्