जिसस दोलखामा माओवादी केन्द्र प्रमुख र एकीकृत समाजवादी उपप्रमुखमा विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जिल्ला समन्वय समितिमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।

कूल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरे । सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित भएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्