काठमाडौंबाट ५१ किलो हेरोइनसहित सातजना महिला पक्राउ, ७ दिनको म्याद थप गरि अनुसन्धान गरिदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले पछिल्लो साता १ अर्ब २ करोड मूल्य बराबरको हेरोइनसहित पक्राउ परेका ७ जनालाई आज सार्वजनिक गरेको छ । ब्यूरोले केही दिनको बीचमा १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो गरि जम्मा ५१ किलो हेरोइन बरामद गरिएको हो । पक्राउ पर्नेमा दक्षिण अफ्रिकाका नागरिक सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् । अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै भारत जाने तयारीमा थिए । काठमाडौंको ठमेल र त्यसको वरपर गरिएको एक हप्ता लामो अपरेसनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ महिलाहरु ६ वटा समूहबाट संचालित भएका र संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको अनुसार हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद भएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्