विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मी । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी माधवराज खरेलका अनुसार अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।  ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थी उपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्