सप्तरीबाट मिनी ट्रक सहित ७ वटा बोरामा बाँधिएको गाँजा बरामद

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । सप्तरीबाट लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए । त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । बरामद भएको ट्रकसहितको गाँजालाई अन्य अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्