बुधबार ३१ दशमलव २१ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३१।२१ अंकले घटेर १८९३।५३ बिन्दुमा पुगेको हो । कुल २२९ कम्पनीको ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३९ लाख ६६ हजार ५ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्