बिहिबार ४५ दशमलव २५ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा पुगेको हो । कुल २३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै बिहिबारको सेयर बजारमा शिव श्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ५२ लाख १२ हजार ५ सय १० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्