मैवाखोला गाउँपालिकाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक, पुर्वधार विकास र कृषिलाई प्राथमिकता

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको ११ औं गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो ।

सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरवृद्धि गर्नेसहित पालिकाभरका विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ ।

यस्तै स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्ने गरी स्वास्थ्य नीति ल्याइएको छ । कृषिलाई प्राथमिकता दिँदै अर्गानिक पालिकाका बनाउन जोड दिइएको छ । बाँकी आठ पालिकाले भने आज  सार्वजनिक गर्ने भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्