ठाडो खोलामा आएको बाढीले भत्कियो निर्माणाधीन पुल

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा  । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । शनिबार ठाडो खोलामा आएको बाढीले पुल ढलान गर्ने तयारीमा टेका लगाईएको पुलको फर्मा भत्किएको हो । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो ।

तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।  विगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सबइन्जिनियर सरोज खड्काले भने, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शंका पहिल्यै थियो, त्यसैले काम रोक्नुस् भनेका थियौं । अहिले सानो पानीले नै क्षति पुग्यो ।’ टेको लगाउनुभन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि काम रोक्न भनेको सबइन्जिनियर खड्काले बताए ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्