कैलाली जिल्ला अध्यक्षलाई एमालेले हटायो जिम्मेवारीबाट, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

कैलाली । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्षलाई जिम्मेवारीबाट हटाएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष रतन थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको हो ।

पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उनको भनाइ छ । पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्