प्रदेश सभा बैठक बोलाउन माग, समस्याको समाधान खोज्नुपर्नेमा जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए । बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गरे । उनले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्