अध्यक्ष दाहाल भन्छन् : ‘एमालेमा बीउ रोपेर आएका छौँ, हेर्नुहोला केही समयपछि फल्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले तीन वर्षसँगै रहँदा एमालेभित्र आफूले बीउ रोपेको भन्दै त्यहाँ माओवादी विचार  केही समयपछि फूल्ने र फल्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेमा रोपेको बिउ केहि समय पछि फल्ने बताएका हुन् ।

केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको समेत बताएका छन् । उनले भने,  ‘तीन वर्षको मेरो अनुभवले भन्छ एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । तपाईंहरुलाई लाग्दो हो सकिने रैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’

एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले दाबी गरेका छन् । प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने प्रचण्डको भनाइ छ । प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्