काठमाडौं उपत्यकामा १४ जनामा देखियो हैजा, दुई बिरामीको उपचार हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फकिएको जानकारी दिए ।

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष आइसियूमा राखेर उपचार गरिएको उहाँले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्