पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट युवकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो । घाइते युवकलाई तत्कालै नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्