रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको हो । रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

निवेदनलाई आयोगले स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको सो पार्टीका संयोजक लामिछानेले जानकारी दिए । त्यस्तै चूनाव चिन्ह गोलाकारभित्र घण्टी प्राप्त भएको उनले बताए । उनले दल दर्ता भएसंगै आफ्ना एजेण्डा जनतामाझ लाने उल्लेख गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्