विकासका काममा राजनीति नगर्न एमालेका उपाध्यक्ष पौडेलको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाए ।

नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको कर्साघाटमा निर्माण भएको पुलको आज उद्घाटन गर्दै तिनाउ र दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने योजना रहेको बताए । उनले किनारमा बसेकालाई जबर्जस्ती हटाउने योजना नरहेको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताएका छन् । सैनामैना–१ र बुटवल–१५ जोड्ने यो पुलको लम्बाइ १२७ मिटर रहेको छ । विसं २०७४ असार २९ गते ठेक्का सम्झौता भएको यो पुलको निर्माण लागत रु १३ करोड ९० लाख ३६ हजार ८०९ रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्