सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टी, १९ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थप १९ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् । हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्