काठमाडौंमा चल्न सुरु गर्यो साझाका तीन वटा बिजुली बस, अब बाँकी ३७ वटा ल्याउने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साझा यातायातको तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा सुरु गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन् ।

पहिलो चरणमा ल्याइएका बिजुली बसले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो । बसहरुमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् ।

अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिएका छन् । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्