फिलिपिन्सका राष्ट्रपति मार्कोसलाई कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई कोभिड–१९ संक्रमण पुष्टी भएको छ ।   उनका प्रेस सचिव रोज बिट्रिक्स क्रुज एन्जेल्सले शुक्रबार सो बारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् ।

एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड १९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिएको जानकारी दिएका हुन् । उनलाई हल्का ज्वरो रहेको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहेन आग्रह गरेका छन् ।मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड सङ्क्रमण भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्