मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गरेका छन् । बकर इद इद–उल–अज्हाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताएका हुन् ।

मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, “विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिपे्ररित गर्दछ ।” –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्