जनार्दन शर्मामाथि औपचारिकरुपमा छानबिनको काम सुरु गरिदैं

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोपबारे मंगलबारबाट औपचारिक रुपमा काम सुरु गर्ने भएको छ । अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्ने गठन गरिएको विषेश समितिले औपचारिक रुपमा काम सुरु गर्ने भएको हो ।

यसबारे छलफल गर्ने मंगलबार  दिउँसो सिंहदरवारमा औपचारिक बैठक समेत बस्ने भएको छ । औपचारिक बैठकमा छानबिनको कार्यविधि तय लगायतका काम गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । उनका अनुसार समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने भएका छन् । आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्