‘कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ’ : श्रममन्त्री कुवँर

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय बासिन्दाको आवश्यकता अनुसार योजना छनोट गरी कार्यक्रम कार्यान्वयन गर्यो भने मात्रै लाभदायी हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सो कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै देशको विकास गर्न सकिने बताउँदै उनले कार्यक्रममा सबै वर्ग समुदायका बेरोजगार नागरिकलाई सहभागी गराउनुपर्ने बताएका छन् ।

कार्यक्रममा युवा सहभागितालाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कैलाली र कञ्चनपुरका सबै पालिका तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकको सहभागिता थियो । -रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्