नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ ११ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ५१ पैसा कायम भएको छ । यता, डलर दिनदिनै बलियो बन्दै गएपछि यसको भाउ युरोको बराबरी नजिक आइपुगेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्