माओवादी अध्यक्ष दाहाल भ्रमणका लागि शुक्रबार भारत जाने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमण जाने भएका छन् । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड शुक्रबार दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।

डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो ।

प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्