वाइसिएलद्धारा गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै योङ कम्युनिस्ट लिग ९वाइसिएल०ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर वाइसिएलले ज्ञापनपत्र बुझाउने भएको हो ।

गभर्नर एमाले अर्थ योजना विभाग सदस्य भएको र साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई वाइसिएलले ज्ञापनपत्र बुझाउने भएको वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प वलीले बताएका छन् ।

उनि भन्छन्, ‘हामीलाई प्रधानमन्त्री ज्युले विहान साढे ११ बजेको समय दिनुभएको छ,फेरि एकछिन भन्नुभएको छ । आज दिउँसोसम्म ज्ञापनपत्र बुझाउँछौ । राजनीतिक दलको कार्यकर्ता र शैक्षिक योग्यता समेत नपुगेको व्यक्ति नैतिक रुपमा गभर्नर बस्न मिल्दैन भनेर हामी भन्ने छौँ ।’ एमालेले एम अधिकारी अरु नै हो भन्नेगरी छल्न खोजेपनि गभर्नर नै भएको पुष्टि भइसकेको वलीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्