सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकाल घोषणा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । श्रीलंकाका कार्यबाहक राष्ट्रपतिले सोमबार संकटकालको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकालको घोषणा गरिएको बताइएको छ ।

श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।  सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी संकटकालको घोषणा गरेका बताइएको हो ।

उता श्रीलंकाली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् । यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्