रोजगारीका लागि भिजिट भिसामा विदेश नजान गृह मन्त्रालयको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भिजिट भिसामा विदेश गएर रोजगारी पाउने प्रलोभनमा नपर्न गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान अनुरोध गरेको हो ।

मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा श्रम तथा रोजगारीको लागि  नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिसा रहेको प्रस्ट पारेको छ ।

विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान मन्त्रालयले सचेत गराएको छ । स्थानीय तहलाई समेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेश भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति..

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्