घाँस काट्न गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा ४८ वर्षिय पुरुष पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा १९ वर्षिया महिलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ वर्षिय निलमणि दमाई पक्राउ परका हुन् ।

दमाईले घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताएका छन् । जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बहनामा एकान्त स्थानमा संवेदनशील अंग छुँदै जबरजस्ती करणी गर्न खोजेको भन्दै ती महिला भागेर घर आएकी थिइन् ।

बिवाहित महिलाले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो । उनीमाथि करणी सम्बन्धी कसुर उद्योग अन्तर्गत म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका मरासिनीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्