काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।

फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।

बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न पनि महानगरले १ करोड बजेट छुट्टयाएको छ । महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्