सोमबार १ दशमलव १५ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ बिन्दुमा पुगेको हो । कुल २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्