रचनाकार तथा सङ्गीतकार सुमनकुमार नेपालीको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कलाकार सुमनकुमार नेपालीको निधन भएको छ । महोत्तरी जलेश्वर नगरपालिका–५ पहाडी टोल निवासी कलाकार नेपालीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो ।

पथरीको समस्याबाट पीडित रचनाकार तथा सङ्गीतकारसमेत रहएका कलाकार नेपालीले राष्ट्रिय गीत, आधुनिक र भजन गीतमा स्वर दिएका छन् । उनले राष्ट्रिय गीतहरू ‘बाटो बनाऔँ, साथी हो बाटो बनाऔँ’, ‘आकाश पाकी बादलको बुट्टा’, भजनहरू ‘लेऊ शरणमा हामीलाई’, ‘शम्भु शङ्कर जय हरि’ र ‘राम पनि उनै हुन् श्याम पनि उनै हुन्’ र ‘सफर अनौठो यो जीन्दगीको’ आधुनिक लगायत एक सय ५० बन्दाबढी गीतमा स्वर दिएका छन् ।

२०१८ देखि २०२५ सालसम्म रेडियो नेपाल र २०२५ देखि ३८ सालसम्म राष्ट्रिय नाचघरमा सङ्गीतकारका रूपमा काम गर्नुभएका कलाकार नेपालीको दुई छोरा र दुई छोरी छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्